तपाईँ सुन्दै हुनुहुन्छः

संक्रमण घटेसँगै डडेलधुरा अस्पतालमा ओपिडी सेवा शुरु

डडेलधुरा । कोरोना भाइरस सङ्क्रमितको उपचार हुँदै आएको डडेलधुरा अस्पतालले बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन ल्याएको छ ।
कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएपछि अस्पतालले बहिरङ्ग सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा मात्रै सञ्चालन गर्दै आएको थियो । कोरोना भाइरस सङ्क्रमण घटेसँगै सोमबारदेखि अस्पतालको ओपिडी सेवा सञ्चालन गरिएको अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले जानकारी दिनुभयो ।
उहाँका अनुसार, कोरोना भाइरस सङ्क्रमणका बिरामी आउन कम भएपछि पहिले झैँ नियमित रुपमा ओपिडीलगायत सेवा शुरु भएको हो । अब अस्पतालले कोरोना भाइरस सङ्क्रमित र सङ्क्रमित नभएका दुवैको उपचार सेवा नियमित गर्नेछ ।
डडेलधुरा जिल्लामा कोरोना सङ्क्रमण दर घटेको जस्तो देखिए पनि छिमेकी जिल्लाहरूबाट आउने बिरामीको चाप कायमै रहेको अस्पतालका कोभिड स्रोत व्यक्ति डा.जगदीशचन्द्र विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार डडेलधुरा अस्पतालमा  ५० शय्याको कोभिड वार्डमा अहिले पनि १९ बिरामी उपचाररत छन् । तीमध्ये ९० प्रतिशत बढीलाई अक्सिजन सहायतामा उपचार भइरहेको बताइएको छ ।
परशुराम नगरपालिकामा कोरोना एन्टीजेन परिक्षण सुरु
डडेलधुराको परशुराम नगरपालिकाले नागरिकको स्वास्थ्य सुरक्षाका लागि एन्टीजेन परीक्षणलाई तीव्रता दिएको छ ।
१२ वटै वडाहरूमा, जोगबुडा अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरूको टोलीले कोरोना चेकजाँचका लागि नागरिकको एन्टीजेन परीक्षण लाई तीव्रता दिएको परशुराम नगरपालिकाका नगर–प्रमुख भीम बहादुर साउँदले जानकारी दिनुभएको छ ।
१२ वटै वडा का आधारभूत स्वास्थ्य केन्द्र वाट एन्टीजेन परीक्षण भई रहेको स्वास्थ्य शाखा परशुरामका संयोजक तेज बहादुर सिंहले बताउनुभयो ।
नगरपालिकामा बुधवार सम्म २७२ जनाको एन्टीजेन परीक्षण गरिएको जोगबुडा अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेले जानकारी दिएका छन्  ।
नगरपालिका भित्र १ साता अगाडि सम्मको तथ्याङ्क अनुसार संक्रमित दर १५० जना रहेको छ ।
शरीरका अङ्गहरूमा कोरोनाले आक्रमण गरेको छ, की छैन भनी जाँच गर्ने प्रभावकारी विधि भनेको पीसीआर विधि हो । विश्व स्वास्थ्य सङ्गठनले समेत पीसीआर लाई मान्यता दिएको छ । त्यस कारण पनि नागरिकहरू एन्टीजेन नगरी पीसीआर तर्फ बढी विश्वस्त भएपछि एन्टीजेन परीक्षण गराउन निकै समस्या भइरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button