तपाईँ सुन्दै हुनुहुन्छः

मित्रराष्ट्र चीनद्वारा नेपाली सेनालाई मेडिकल सामाग्री सहयोग

काठमाडौँ । चीनबाट नेपाली सेनालाई सहयोग स्वरुप प्राप्त भएको कोभिड–१९ को प्रतिकार्यमा आवश्यक पर्ने मेडिकल सामाग्रीहरु नेपालका लागि चीनका राजदुत होउ यान्छीले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गर्नु भएको छ ।

कोभिड–१९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने PPE, N-95 Mask लगायत अन्य मेडिकल सामाग्रीहरु मित्रराष्ट्र चीनको एयर फोर्सको जहाज मार्फत आज नेपाल ल्याइएको नेपाली सेनाले जनाएको छ ।

त्यस अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले मित्रराष्ट्र चीनले गरेको सहयोग प्रति आभार प्रकट गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button