तपाईँ सुन्दै हुनुहुन्छः

छाङरुमा बीओपी बनाइने, २५ सशस्त्र प्रहरी खटाइँदै

दार्चुला। भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुदै चीनसंग सीमाना जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले तत्काल व्याँसको छाङरुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटाउने भएको छ । बुधबारसम्म कालापानी क्षेत्र छाङरुमा सशस्त्र प्रहरीको बिओपी स्थापना गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको डिएसपी डम्बरबहादुर बिष्टले जानकारी दिनुभयो ।
सन १९९९ देखि भारतले चीन जोड्ने उद्धेश्यले तावाघाटदेखि सडक निर्माण थालेको थियो । सन २०१५ मा भारत र चीनबिच लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमति भएपछि यो सडकलाइ भारतले प्रार्थमिकताका साथ निर्माण गरेको छ । भारतले उक्त सडकलाई तिब्रता दिन अन्तराष्ट्रिय कानुन र नेपालको सहमति विपरित दुई वर्षदेखि तम्बाकु, घाटिबगर लगायत नेपाली भूमिमा सडक र काठेपुल निर्माण गरेर स्काभेटर र मजदुरलाई आवतजावत गराउदै आएको थियो ।
अहिले दार्चुलाको उत्तरी सीमा क्षेत्र मानबबस्ती विहिन छ । सीमा जोड्ने सडक निर्माणमा भएको ढिलाई र राज्यको कमजोर उपस्थितिको मौका छोपेर भारतले सीमा अतिक्रमण गर्दै आएको छ । सके कुटनीतिक माध्यमबाट नभए अन्तरराष्ट्रिय अदालत गएर भएपनि नेपालले अतिक्रमित भूमि फिर्ता गर्नुपर्ने र सीमा क्षेत्रसम्म तत्काल सडक र सुरक्षा उपस्थिति गराउनुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button