२०७८ साल मंसिर २२ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीको संयुक्त अधिराज्यको औपचारिक भ्रमण शुरु

नरेश फुयाल २०७६ जेठ २८ गते ८:२०

लण्डन । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त अधिराज्यका प्रधानमन्त्री टेरिजा मे को मैत्रीपूर्ण निमन्त्रणामा संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि राजधानी लण्डन पुग्नुभएको छ ।
स्वीटजरल्याण्डको जेनेभाबाट सोमवार राति लण्डनको हिथ्रो अन्तर्राष्टिय विमानस्थल पुग्नुहुँदा प्रधानमन्त्री ओलीलाई बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यान्केस्टरले स्वागत गर्नुभयो ।
प्रधानमन्त्री ओलीको स्वागतका लागि विमानस्थलमा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुबेदीका साथै दुतावासका अधिकारीहरु उपस्थित हुनुहुन्थ्यो ।
प्रधानमन्त्री ओलीले मंगलवार उहाँका बेलायती समकक्षी टेरिजा मेसँग दिपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम छ । बेलायती संसदमा नेपाल मामिला हेर्ने संसदीय समूहले प्रधानमन्त्रीको सम्मानमा कार्यक्रम आयोजना गरेको छ ।
बेलायती राजपरिवारका सदस्यसँग पनि प्रधानमन्त्रीको भेटको कार्यक्रम छ ।
प्रधानमन्त्रीसँग नेपाली दुतावासमा गैरआवासीय नेपाली संगठन संयुक्त अधिराज्यका पदाधिकारी, पूर्व गोर्खा सैनिक संगठनका प्रतिनिधिहरु र प्रवासी नेपाली मञ्चका पदाधिकारीहरुले भेट्नु हुने कार्यक्रम छ ।

सम्बन्धित