तपाईँ सुन्दै हुनुहुन्छः

खप्तड छेडेदह गोल्डकपको उपाधि कन्सर्न बाजुरालाई

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकाको आटिचौरमा सञ्चालन भएको छेडेदह गोल्डकप २०८१ को उपाधि कन्सर्न बाजुराले जितेको छ ।

समूह चरण र सेमिफाइनलबाट उपाधिका लागि फाइनलमा पुगेको कन्सर्न बाजुराले बडीमालिका-९ लाई पराजित गर्दै पाँचौँ पटक उपाधि हात पारेको हो । लगातार चार वर्ष उपाधि जित्दै आएको कन्सर्न बाजुरा यो पटक पनि उपाधि जित्न सफल भएको हो ।

आज भएको खेलमा कन्सर्न बाजुराले बडीमालिका-९ लाई ४-२ ले पराजित गरेको छेडेदह गोल्डकपका खेल संयोजक कृष्ण ओलीले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button