तपाईँ सुन्दै हुनुहुन्छः

बिल विजक भन्दा बढीको सामानसहित दुई वटा ट्रक नियन्त्रणमा

वीरगन्ज । पर्सा प्रहरीले १ करोड ८६ लाख ९ हजार ६ सय ७८ रुपैयाँ बराबरको खुद्रा तथा औषधीहरू लोड रहेको दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिकाको घण्टाघर चोकमामा चेकजाँचको क्रममा बिल बिजक भन्दा बढी सामान लोड रहेकोले दुवै ट्रकलाई नियन्त्रणमा लिएको हो । वीरगञ्जबाट कैलाली तथा बाँकेतर्फ जाँदै गरेको अवस्थामा सु.प.प्र.०१–००१ ख २६९९ र सु.प.प्र.०१–००१ ख २६६१ नम्बरको मालवाहक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

दुवै ट्रकलाई सामानसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता एवम् डिएसपी दिपक भारतीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button