तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालमा शुभकामना तथा शुभेच्छा कार्यक्रम

संस्थाको हित हुनेगरी काम गर्न कर्मचारीहरूलाई कार्यकारी निर्देशक लामाको आग्रह

काठमाडौँ । रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले करार र स्थायी दुवै सेवामा रहेका कर्मचारीहरूलाई समान रुपमा हेरेर अगाडी बढ्न रेडियो नेपाल व्यवस्थापनले काम गरिरहेको बताउनुभएको छ ।

रेडियो नेपालमा आज आयोजित शुभकामना तथा शुभेच्छा कार्यक्रममा कार्यकारी निर्देशक लामाले सिद्धान्त र नियम अनुसार आफ्नो जिम्मेवारी बहन गरेर संस्थाको हित हुनेगरी काम गरेर अगाडी बढ्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।

उहाँले तालिम लगायतका अवसरहरूमा सबै कर्मचारीहरूलाई समान रुपमा सहभागी गराउने गरी थप व्यवस्थित र प्रभावकारी बनाउने पहल भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रम महाशाखा तथा तालिम प्रमुख ताराप्रसाद वस्तीले संस्थागत रुपमा हुने तालिमका अवसर सबै कर्मचारीहरूले प्राप्त गर्न सक्नेगरी पारदर्शी रुपमा व्यवस्थित गर्न लागिएको बताउनुभयो ।

प्रमुख संवाददाता प्रमोद दाहालले तालिमबाट प्राप्त ज्ञान र सीप संस्थाको हितमा लगाउनुपर्नेमा जोड दिँदै स्वैच्छिक अवकाश लिने कर्मचारीको अनुभव रेडियोका लागि मार्गदर्शक हुन सक्ने बताउनुभयो ।

अवकाश लिनुभएकी संवाददाता कल्पना दाहालले आफूले रेडियो नेपाल जस्तो मुलुककै अग्रणी प्रसारण माध्यममा सेवा गर्न पाएकोमा गौरव महसुस गरेको बताउनुभयो ।

रेडियो नेपालले आज समाचार महाशाखा अन्तर्गत रिपोर्टिङ शाखामा कार्यरत संवाददाता कल्पना दाहाल र तालिमका लागि दक्षिण कोरिया जान लाग्नुभएका प्राविधिक अधिकृत कृष्णकुमार श्रेष्ठलाई शुभकामना तथा शुभेच्छासहित कार्यक्रममार्फत बिदाइ गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button