तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

दाङ । दाङको तुलसीपुरमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।शनिबार बिहान ४:५० बजे सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ८२२ नम्बरको डबल क्याप बोलेरो जिप तुलसीपुर उपमहानगरपालिका-३ साततेलमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा दाङको दंगीशरण गाउँपालिका – ४ बैबाङका २२ वर्षीय हिरामणि बुढा मगर र सल्यानको कपुरकोट गाउँपालिका – ६ का १९ वर्षीय सुरेश खड्का छन् उनीहरूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अलिन ठकुरीले जानकारी दिनु भयाे ।

पाँच जना सवार रहेको जिप सडकबाट झन्डै तीनसय मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका तीन जनाको अवस्था गम्भीर छ।सल्यानको कपुरकोट गाउँपालिका – ६ की ३१ वर्षीया टीकादेवी वली, उनका १३ र १० वर्षका छोराहरू महेश र जीवन गम्भीर घाइते रहेको र उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङ होममा पठाइएको डिएसपी ठकुरीले जानकारी दिनु भएको छ।

दुर्घटना लगतै इलाका प्रहरी कार्यालय प्रमुख ठकुरीको नेतृत्वमा १२ जनाको प्रहरी घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो ।
घाइतेलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि नेपागञ्ज रेफर गरिएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button