तपाईँ सुन्दै हुनुहुन्छः

बालिका बलात्कारको आरोपमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ 

'जिल्ला अदालत दाङबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान सुरु'

दाङ । दाङको भालुवाङमा नाबालिका बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ परेका छन् ।

दाङ(देउखुरीको राप्ती गाउँपालिका-१, भालुवाङ पुलचोकमा रहेको सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेडक्वाटरको कार्यालय बाहिर दशैँ पिङ खेल्न गएको बेला सशस्त्र प्रहरीका दुई हवलदारले दुई बालिकालाई बलात्कार गरेको तथ्य बाहिर आएको छ ।

गत असोज २४ गते भालुवाङ पुल्चोक बजारमा डेरा गरी बस्ने ८ वर्षीय र आर्को १४ बर्षीय बालिका पिङ खेल्न गएको अवस्थामा सशस्त्र प्रहरीका सहायक हवल्दार भरत रोका मगर र रेवन पचभैया मगरले बलात्कार गरेको पीडित पक्षको जाहेरीका आधारमा अनुसन्धानका लागि सशस्त्र प्रहरीका आरोपित दुई सहायक हवलदारलाई नेपाल प्रहरीको जिम्मा लगाइएको नेपाल सशस्त्रका प्रहरीका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनु भयो  ।

दशैको फूलपातीका दिन पिङ खेल्न गएका ती दुई बालिकालाई २९ न। ज्वालामाई गणमा कार्यरत उनीहरूले बलात्कार गरेको भन्दै स्थानीयले आरोप लगाएका थिए ।

सशस्त्र प्रहरीका कर्मचारीहरूले बलात्कार गरेको थाहा पाएर स्थानीयले बुधबार गणलाई समेत घेराउ गरेका थिए ।

यसअघि ती दुई बालिका बलात्कार भएको विषयमा पटक(पटक आफन्तहरुले गणका एसपी रमेश थापालाई उजुरी गरेपनि ढाकछोप गर्न खोजिरहेका स्थानीयले आरोप लगाएका छन् ।

असोज २४ गतेदेखि ढाकछोप गरेर राखेको कारण उनीहरू पक्राउ पर्न ढिलाइ भएको थियो । तर, स्थानीयको आरोपपछि आरोप लागेका दुवैजनालाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइसकेको सशस्त्रका सह प्रवक्ता शैलेन्द्र थापाले  बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button