तपाईँ सुन्दै हुनुहुन्छः

बेपत्ता भएको तीन दिनपछि मृत फेला 

डडेल्धुरा । डडेल्धुराका व्यवसायी खेमसिंह प्वाली मृत भेटिएका छन् ।

सोमबारदेखि बेपत्ता रहेका प्वाली मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार ५३ वर्षीय पालीको शव परशुराम नगरपालिका–६ करालीस्थित महाकाली नदीको किनारमा फेला परेको जनाएको छ ।
सोमबारदेखि परिवारको सम्पर्कमा नआएपछि उनको खोजी कार्य सुरु गरिएको हो ।

सो क्रममा प्वालीले लगाएको कपडा परीगाउँस्थित महाकाली नदी किनारमा फेला परेको थियो । घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान अगाडि बढाइएको डिएसपी श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button