तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिकाले लगायो प्लास्टिकजन्य फूलमालामा बिक्रीमा रोक

दाङ । दाङको राप्ती गाउँपालिकामा प्लास्टिकजन्य, रबरजन्य, खादा, माला, फूल तथा कोल्ड ड्रिङ्क, जङ्क फुड (पत्रु खाना) लगायतका वस्तु बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ। पालिकाले विगतका वर्षदेखि प्रतिबन्ध लगाउने निर्णयको कडाइकासाथ कार्यान्वयन गर्ने जनाएको छ । स्थानीय प्राकृतिक पुष्प माला, दुग्धजन्य पदार्थ प्रयोग गर्न आव्हान गरेको हो।

पालिकाले सार्वजनिक सूचना जारी गर्दै आउँदै गरेको तिहारको अवसरमा प्लास्टिकजन्य, फुल, माला विक्री वितरण नगर्न, नगराउनुहुन सम्पूर्ण व्यापारी वर्ग तथा आम सर्वसाधारणमा  अनुरोध गरेको छ । विवाह, व्रतबन्ध, भोज, भतेर, वनभोज स्थल, सार्वजनिक स्थलहरूमा प्लास्टिकका थाल, कप, प्लेट, चम्चाहरूको प्रयोग गर्नुको सट्टा साल, मालुका लगायतका पातहरूबाट निर्मित दुना, टपरी तथा काठका चम्चाहरू प्रयोग गर्न पालिकाले अनुरोध गरेको छ।

पालिका अध्यक्ष प्रकाश विष्टद्वारा हस्ताक्षरित सूचनामा गाउँपालिकाको उक्त सूचना उल्लङ्घन गरे प्रचलित कानुन बमोजिम कारबाही गरिने ब्यहोरा समेत जनाएको छ। रापतीसँगै दाङका अन्य केही स्थानीय तहले पनि प्लास्टिकजन्य फूलमाला बिक्री/वितरण तथा भण्डारण गर्न रोक लगाएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button