तपाईँ सुन्दै हुनुहुन्छः

बेसी झर्न थाले गोरखाका भेडीगोठ

गोरखा । वसन्तऋतुसँगै लेक चढेका उत्तरी गोरखाको हिमाली क्षेत्रमा रहेका भेडीगोठहरु बेसी झर्न थालेका छन् । यतिबेला बारपाक सुलिकोट गाउँपालिका भित्र रहेका म्याम्चे, नागपोखरी बेसी लगायतका क्षेत्रमा भेडाहरूको बथानले घाँसे मैदान भरिभराउ छन् ।गोरखाको चुमनुब्री, धार्चे, बारपाक सुलिकोट, अजिरकोट र आरुघाट गाउँपालिकामा किसानहरुले भेडा पालन गर्दै आएका छन् । गोरखाको माथिल्लो क्षेत्रमा बडुवाल र म्याङ्लुङ र तल्लो क्षेत्रमा काँके जातका भेडा पालन हुँदै आएको छ ।


भेडा किसानहरुले मौसमको अवस्था हेरेर भेडा लेकबाट बेसी झार्ने र बेसीबाट लेकमा लैजाने अवस्थाको निर्क्यौल गर्दछन् । गोरखामा एउटा किसानले कम्तीमा तीनसय देखि बढीमा एक हजार दुई सय सम्म भेडा पालन गर्दै आएका पशुसेवा विज्ञ केन्द्र गोरखाका पशु प्राविधिक सुदिप विश्वकर्माको भनाई छ ।


गोरखामा सबै भन्दा ठूलो भेडा फर्म चुमनुब्री गाउँपालिका वडा नम्बर ३ स्थित पाङसिङमा रहेको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा त्यस क्षेत्रमा डिपिङ पोखरी बनाउने, समय समयमा भेडाहरूको स्वास्थ्य जाँच गर्ने काम भएको किसान सुरेन्द्र गुरुङले बताउनुभयो ।
भेडाहरू तल्लो क्षेत्रमा झरेसँगै किसानहरुले उन कात्ने गर्दछन् । एउटा भेडाबाट करिब सातसय ग्राम सम्म उन कात्ने गरिएको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर‍-१ का भेडा किसान रण बहादुर गुरुङ बताउनुहुन्छ । आफ्नो फार्ममा आठसय वडा भेडा रहेको उहाँले बताउनुभयो । ‘यस वर्ष ४० वटा भेडा विक्री भयो, बथानमा सङ्ख्याहरू तल माथि भइरहन्छ, किसान गुरुङले भन्नुभयो ।’ भेडाको विक्री गाउँघरमा नै हुने गरेको छ ।


उनीहरू बक्खु, टोपी, सल, काने टोपी, राडी, पाखी बनाउन प्रयोग गर्ने गरिएको छ । बनाएका सामग्री गाउँघरमा नै विक्री हुने गरेको छ । विदेशी पर्यटकहरू गाउँमा आइरहने हुनाले उनबाट बनेका सामग्री उनीहरूले पनि लिएर जाने गरेका अर्का किसान लाल बहादुर गुरुङ बताउनुहुन्छ । किसानहरूको भेडी गोठमा गएर निरन्तर उपचार तथा हेरचाह गर्ने गरिएको बारपाक सुलिकोट गाउँपालिका पशु प्राविधिक विरबल गुरुङले बताउनुभयो । भेडामा निमोनिया, पिपिआर लगायतका रोगहरू लाग्ने गर्दछन् ।

एउटा भेडा विक्रीका लागि योग्य बनाउन कम्तीमा तीन वर्ष पाल्नुपर्ने हुन्छ । वर्षमा जेठरअसार र असोजरकार्तिकमा उन कात्ने काम हुन्छ । एउटा फार्मका किसानले वार्षिक ६ देखि १० लाख सम्म आम्दानी गर्ने गरेको प्राविधिक गुरुङको भनाई छ । बारपाक सुलिकोटमा २० घरधुरी किसानहरुले भेडा पालन गरेका छन् । यस क्षेत्रमा सात हजारको सङ्ख्यामा भेडा रहेको पशु प्राविधिकले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button