तपाईँ सुन्दै हुनुहुन्छः

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

विराटनगर  । कोशीप्रदेशका भौतिक पूर्वाधार  विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीले कोशी प्रदेशको भौतिक पूर्वाधार क्षेत्रको विकासले गतिलिदैं गरेको बताउनु भएको छ ।

रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम विराटनगरबाट प्रसारण हुने राजवंशी भाषाको कार्यक्रम “हामार गाहाना” सँग कुराकानी गर्दै मन्त्री राजवंशीले मोरङ र झापाको दक्षिणी भेग  जोडने रतुवा पुलको काम २० औँ वर्षदेखि अलपत्र परेकोले त्यो पुलको काम तिहार लगतै शुरु हुने बताउनुभयो । 

यस्तै भौतिक पूर्वाधार क्षेत्रमा गत असोजमा आएको बाढी पहिरोका कारण भएको क्षतिको विवरण आइसकेकोले  चाडपर्व लगतै दीर्घकालीन योजना अनुसार काम अगाडि बढ्ने र प्रदेशस्तरबाट मात्र लगानी नजुट्ने ठुला आयोजनाको लागि केन्द्रिय सरकार समक्ष बजेटको लागि पहल गर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममाबोल्दै मन्त्री राजवंशीले झापा,मोरङ र सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका आदिवासी राजवंशी जातिको भाषा ,कला,संस्कृति ,चाडपर्वहरूको संरक्षणको लागि स्थानीय निकाय मार्फत स्थानीय पाठ्यक्रमको रुपमा विकास गरी विद्यालयहरूमा पठन पाठन गर्न आवश्यक भैसकेको र त्यसको लागि विभिन्न स्थानीयतहरुसंग समन्वय भइरहेको बताउनुभयो ।

नेपालको आदिवासी राजवंशी जातीको बसोबास रहेको ठाउँमा झुरुप्प बस्ती रहका कारण फराकिलो बाटो बनाउने लगायतका कामहरूमा समस्या आइरहेको ले त्यसको लागि  स्थानीयहरू सँग सहमति गरेर भित्रीगाउँ बस्तीहरूसम्म बाटो विकासको कामहरू भइरहेको बताउनुभयो । मन्त्रीराजवंशीले सञ्चारग्राम विराटनगरमा रहेको ई लाइब्रेरी,रेडियो म्युजिक,सङ्गीत स्टुडियो लगायतको  अवलोकन समेत गर्नुभयो । सो क्रममा उहाँले संचारग्राम विराटनगरमा आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button