तपाईँ सुन्दै हुनुहुन्छः

तीनवटा सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु , दुई घाइते 

चितवन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलमा  दुई वटा ट्रक र एउटा ट्याङ्कर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मङ्गलवार राति ११ः२० बजेको समयमा टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००२ ख १४३९ नम्बरको लोड ट्रक र नारायणगढबाट टांडीतर्फ जाँदै गरेको ना८ख ८६७४ नम्बरको खाली ट्याङ्कर एक आपसमा ठोक्किएका थिए । ट्याङ्कर पछाडि ना६ख ४६२४ नम्बरको ट्रक ठक्कर पनि ठोक्किएको थियो । ट्रक चालक गजुरी गाउँपालिका–२, धादिङका दिपक रोक्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तीन वटा सवारी साधन आपसमा ठोक्किँदा मधेश प्रदेश ०३–००२ ख १४३९ नम्बरको ट्रक चालक मकवानपुरगढी गाउँपालिका–२ बस्ने अन्दाजी २६ वर्षीय अनिश स्याङतानको राति ११ः५५ बजे मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । मृतकको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

सोही ट्रकका सह चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–२ बस्ने २३ वर्षीय आशिष स्याङतान मध्यम घाइते भई भरतपुर अस्पतालमा उपचाररत छन् भने ना८ख ८६७४ नम्बरको ट्याङ्कर चालक मकवानपुर हेटौँडा–१९ नेवारपानी बस्ने बर्ष ३६ को सुदिप तामाङ गम्भीर घाइते भई चितवन मेडिकल कलेजमा उपचाररत रहेको रिजालले बताउनुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button