तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा ‘कृषि–पर्यटन प्रवर्द्धन’ महोत्सव हुने

नेपालगन्ज । नेपालगन्जमा कृषि(पर्यटन प्रवर्द्धन महोत्सव हुने भएको छ ।

रैथाने कृषि उपजहरूको बजारीकरणसँगै कला, संस्कृति र पर्यटकीय स्थलहरूको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले यही कार्तिक २९ गतेदेखि मङ्सिर १८ गतेसम्म प्रथम कृषि, पर्यटन प्रवर्द्धन, व्यापारिक, संरक्षण तथा सांस्कृतिक महोत्सव एक्स्पो २०८१ सञ्चालन हुनेछ ।

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् बाँकेको आयोजनामा हुने महोत्सवमा २५० स्टल राखिनेछ ।

आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति महासङ्घ बाँकेका अध्यक्ष डम्मर बहादुर थापाले कृषि(पर्यटन हस्तकलाका स्टलहरू समेत रहने जानकारी दिनुभयो ।

महोत्सवमा लुम्बिनी प्रदेशका १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्टल प्रदर्शनी, जातीय खाना प्रदर्शनी, जातीय भेषभुषा प्रदर्शनी हुने जनाइएको छ ।

महोत्सवमा मेला अवधिभर ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । अध्यक्ष थापाका अनुसार ५ करोड बराबरको कारोबार भई संस्थाका लागि भवन निर्माणमा सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button