तपाईँ सुन्दै हुनुहुन्छः

ट्राफिक नियम उल्लङ्घन रेकर्ड सिस्टम इ–चलान प्रणालीको शुभारम्भ

काठमाडौँ । ट्राफिक नियमको उल्लङ्घन भएको अवस्थामा यसलाई रेकर्डमा राख्ने ट्राफिक भायलेसन रेकर्ड सिस्टम इ–चलान (डिजिटल चिट) प्रणालीको शुभारम्भ गरिएको छ ।

इ–चलान डिजिटल चिटको आज शुभारम्भ गर्दे गृहमन्त्री रमेश लेखकले सबै नागरिकलाई सरल र सहज ढंगले झन्झट विना सेवा प्रवाह गर्न सरकार लागिरहेको बुताउनुभयो ।

गृहमन्त्री लेखकले पारदर्शीता र सुशासनका लागि सबै सेवालाई प्रविधिमैत्री बनाउने काम भइरहेको र इ–चलान डिजिटल चिट प्रणालीले सेवा प्रदान गर्ने सन्दर्भमा प्रविधिको प्रयोगमा नयाँ आयाम थप गरेको बुताउनुभयो ।

गृहमन्त्री लेखकले अपराध, अन्याय र गलत काम गर्नेलाई प्रहरीले कानुनको घेराभित्र ल्याउन सक्नुपर्ने भन्दै प्रहरीले संयमित र सरल भएर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ड्राइभिङ लाइसेन्सलाई सहज बनाउन सरकार लागिरहेको बुताउनुभयो ।

हाल बाँकी रहेको ९ लाख कार्ड प्रदेशसँग सल्लाह गरेर वितरण गरिने बताउँदै मन्त्री दाहालले २२ लाख कार्ड छपाइको काम संघ सरकारको दायित्व भएकाले क्युआर कोर्ड सहितको कार्ड छापेर छिट्टै दिने बुताउनुभयो ।

लाइसेन्सलाई राष्ट्रिय परिचयपत्रसँग जोडिने हुनाले अब लाइसेन्सको झन्झट बिस्तारै काम हुँदै जाने पनि मन्त्री दाहालले बुताउनुभयो ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धमा नवीनतम प्रविधिको माध्यमबाट आम नागरिकमा सहज सरल, पारदर्शी र गुनासोरहित सेवालाई प्रवद्र्धन गर्न ट्राफिक भायलेसन रेकर्ड सिस्टम इ–चलान डिजिटल चिट शुभारम्भ गरिएको बुताउनुभयो ।

सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन नागरिकको सुरक्षासँग प्रत्यक्ष रुपमा जोडिएको भन्दै यसलाई त्रुटिरहित ढङ्गबाट कार्यान्वयनका लागि प्रहरी सदैव कटिबद्ध रहेको पनि प्रहरी महानिरीक्षक कुँवरले बुताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button