तपाईँ सुन्दै हुनुहुन्छः

सर्पदंशबाट ९ वर्षीया बालिकाको मृत्यु

सप्तरी। सप्तरीमा सर्पदंशबाट ९ वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्लाको खडक नगरपालिका ७ कल्याणपुरमा आइतबार सर्पदंशबाट रामस्वरुप मण्डलकी ९ वर्षीया छोरी प्रियङ्का मण्डलको मृत्यु भएको हो ।

शनिबार साँझ पूजा कोठामा धूप लगाउने क्रममा उनलाई सर्पले डसेपछि उपचारका लागि तत्कालै कल्याणपुर स्थित सर्पदंश उपचारका केन्द्रमा भर्ना गरिएको थियो । नेपाली सेना बरख गणद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रमा रातभरि उपचार गरिए पनि बालिकाको अवस्था गम्भीर भएपछि सिरहाको चोहर्वा स्थित नेपाली सेनाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रमा रेफर गरिएको थियो ।

कल्याणपुर उपचार केन्द्रले आइतबार बिहान रेफर गरी पठाएको छोरीको चोहर्वा लैजाने क्रममा बाटैमा ज्यान गएको मृतका बुवा रामस्वरुप मण्डलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button