तपाईँ सुन्दै हुनुहुन्छः

हृदय घातबाट वडाअध्यक्ष चौधरीको मृत्यु

कार्तिक । सप्तरीको डाकनेश्वरी नगरपालिका–१ का वडाध्यक्ष पृतमलाल चौधरीको आज आइतबार हृदय घातबाट भएर मृत्यु भएको छ ।

डाक्नेश्वरी नगरपालिकाका मेयर रामलखन मलाहले वडाध्यक्ष चौधरीको मृत्यु भएको जानकारी दिनुभयो । गत स्थानीय तह निर्वाचनमा काँग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित ६० वर्षीय चौधरीको मृत्युपछि डाकनेश्वरी नगरपालिकाले आइतबार नगरपालिका र मातहतका निकायमा शोक बिदा दिएको छ।

यसअघि डाकनेश्वरी नगरपालिका–४ का वडाध्यक्ष हरिप्रसाद रायको गत वर्ष मृत्यु भएको थियो ।

यस नगरपालिकामा कुल १० वटा वडा रहेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button