तपाईँ सुन्दै हुनुहुन्छः

जानकी मन्दिरमा आज कोजाग्रत पूर्णिमा विधि हुँदै

जनकपुरधाम । जानकी मन्दिरमा आज कोजाग्रत पूर्णिमा पर्व रहेको छ । गृहस्थ आश्रममा हिजो नै कोजाग्रत पूर्णिमा रहेकोमा जानकी मन्दिरमा आज हुन लागेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिनु भएको छ । 

मिथिलामा बसोबास गर्ने मैथिल ब्राह्मण समुदायका नव विवाहित बेहुलालाई कन्या पक्षबाट आएका पान, मखान, दही, सुपारी सहित डालामा राखेर पाहुर पठाउने चलन रहेको छ । यसका साथै नयाँ वस्त्र सहितका मिष्टान्नहरू पनि आउने गरेका छन् । सोही सामाग्रीहरूले बेहुलाको चुमाओन गर्ने गरिन्छ । 

जानकी मन्दिरमा कोजाग्रत पूर्णिमा हुन लागेको छ । शरद पूर्णिमामा मनाइने हुनाले यस दिन जानकी मन्दिरमा सोही अनुसार नै भगवानको आज साझ चुमाओन गरिन थालेको छ । कोजाग्रत पूर्णिमाका विधि हेर्नका लागि जानकी मन्दिरमा ठूलो भिड रहने गरेको छ । 

जानकी मन्दिरमा परम्परा अनुसार नै कोजाग्रतको पूर्णिमा गरिने कार्यक्रम रहेको मन्दिरले जनाएको छ । यसमा मिथिलाका नारीहरूले विभिन्न प्रकारको गीतहरू गाउने गरेका छन् । रामानन्दी वैष्णव समुदायले सूर्योदया भएको तिथिमा मनाउने भएकाले भगवानको सोही तिथिमा कोजाग्रत पूर्णिमा आज हुन लागेको छ । 

आज सूर्योदयका दिनमा पूर्णिमा परेकाले कोजाग्रत पूर्णिमा आज हुन थालेको महन्थ दासले जानकारी दिनु भएको हो । यस अवसरमा महोत्तरीको रतौलीवाट नवीन ठाकुरको घरबाट १ सय भन्दा बढी पाहुर (भार) आएको छ । यसमा पान मखान, दही, केला, फलफूल, मिष्ठान्न सहितका परिकारहरू रहेको छ । 

गृहस्थ आश्रममा हिजो राति नै कोजाग्रत पूर्णिमा मनाइएको छ । यसमा बेहुलाको चुमाओनपछि घरमा आउने आमन्त्रीतहरुलाई पान, मखान, दिनुका साथै ईष्ठ मित्रहरूलाई विभिन्न प्रकारका परिकारहरू तयार गरेर भोजन गराउने चलन रहेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button