तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको सय दिन  सफल रहेको कानुनमन्त्री चौरसियाको दाबी

पर्सा । कानुन न्याय तथा सङ्घीय मामिलामन्त्री अजयकुमार चौरसियाले वर्तमान सरकारको सय दिन सफल भएको दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो,“ प्रमुख दुई दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहित अन्य दलहरुबीच सहकार्य भई गठन भएको सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासनको प्रत्याभूति दिलाउन सफल रहेको छ ।”

नेपाल प्रेस युनियन पर्साद्वारा आज वीरगन्जमा दसैँ, तिहार, छठ र नेपाल संवत्को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले स्थानीय तहलाई बलियो बनाउन सङ्घीय सरकारले सहयोग गर्ने जानकारी दिनुभयो । सञ्चारकर्मीका जिज्ञासामा मन्त्री चौरसियाले आगामी  संसद्को हिउँदे अधिवेशनमा सङ्घ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित कानुनहरु पारित हुने बताउनुभयो । उहाँले भन्नुभयो, “ आगामी संसद्को हिउँदे अधिवेशनमा शान्ति प्रक्रियासँग सम्बन्धित  बाँकी विधेयक पनि पारित हुन्छन् ।  ” नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा  सो कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button