तपाईँ सुन्दै हुनुहुन्छः

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस कार्तिक पहिलो साता हुने

काठमाडौँ । वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्तिक पहिलो साता हुने भएको छ ।

आयोजक वीर गणेशमान सिंह स्पोर्टस कमिटीले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता कार्तिक ५ देखि १० गतेसम्म आयोजना हुने जानकारी दिएको हो । प्रतियोगितामा सियिनरतर्फ १२ र जुनियरतर्फ ६ स्पर्धा समावेश गरिएको छ ।

प्रतियोगितामा सिनियरतर्फ महिला तथा पुरुष सिंगल्स/डबल्स र पुरुष ३५, ४५, ५५ र ६५ वर्षमाथि सिंग्लस/डबल्समा प्रतिस्पर्धा हुनेछ ।

यसैगरी जुनियरतर्फ यु–८, ९,१०, १२ र १४ तथा खुला डबल्स विधा समावेश छ ।

प्रतियोगितामा पुरुष सिंगल्सतर्फका शीर्ष तीनले क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी महिला सिंगल्सतर्फको विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रो स्थानमा रहले १२ हजार ५०० पाउनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button