तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाको प्रमुख सचेतकमा ढकाल नियुक्त

बाँके । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा रुपन्देहीकी समानुपातिक सांसद जमुना ढकाल नियुक्त हुनुभएको छ।

दलका नेता एवं पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुधवार ढकाललाई प्रमुख सचेतकको जिम्मेवारी सुम्पनुभएको हो। यसअघि प्रमुख सचेतकको जिम्मेवारी सम्हालिरहेका जन्मजय तिमिल्सिनाले साउन २१ गते आफ्नो पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा ढकाललाई नियुक्त गरिएको हो।

त्यस्तै, भदौ ३१ गते दलकी सचेतक निमा गिरीले पनि राजीनामा दिएपछि खाली रहेको अर्को सचेतक पदमा पनि छिट्टै नयाँ नियुक्ति गरिने तयारी भइरहेको दलका नेता चौधरीले जानकारी दिनुभएको छ। दशैंपछि उक्त रिक्त पदमा योग्य पात्रको चयन गरिने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button