तपाईँ सुन्दै हुनुहुन्छः

१५० औँ विश्व हुलाक दिवस

काठमाडौँ । हुलाक सेवा विभागले विश्व हुलाक दिवस एक कार्यक्रमको आयोजना गरी मनाएको छ । 

एक सय ५० औँ विश्व हुलाक दिवसका अवसरमा विभागले आज आयोजना गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सूचना र प्रविधिमा सर्वसाधारणको पहुँच वृद्धि भएसँगै हुलाक सेवा ओझेलमा पर्दै गएकाले हुलाक सेवालाई समानुकुल  बनाउनुपर्नेमा जोड दिनुभयो । 

नेपालमा एक सय ४६ वर्षे हुलाक सेवाको इतिहासलाई सूचना प्रविधिको बजारमा प्रतिस्पर्धी बनाउन सरकारले विस्तृत समीक्षासहित पुनर्संरचना गर्न लागेको जानकारी दिनुहुँदै सचिव अर्यालले अझै बलियो, सुदृढ र सक्षम संस्थाका रुपमा हुलाक सेवाको विकास गरिने बताउनुभयो ।

कार्यक्रममा विभागका निमित्त महानिर्देशक ध्रुवराज आचार्यले हुलाक सेवाको अझै पनि महत्व कायम रहेको बताउनुभयो । त्यसैगरी नेपाल अतिरिक्त हुलाक एसोसिएसनका अध्यक्ष टङ्कप्रसाद हुमागाईँले हुलाक सेवाको इतिहासलाई जोगाइरहने कर्मचारीको उचित व्यवस्थापन गर्न सरकारलाई आग्रह गर्नुभयो । 

यस अवसरमा हुलाक सेवा विभागले उत्कृष्ट कर्मचारीहरूलाई नगदसहित प्रशंसा पत्र प्रदान गरिएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button