तपाईँ सुन्दै हुनुहुन्छः

छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड

सप्तरी । नवरात्र  सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा रहेका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । नवरात्रको छैटौँ दिन आज बिहानैदेखि छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा भक्तजनको भीड लागेको छ । 

नवरात्रमा यी शक्तिपीठमा हजारौँ भक्तजन आउने गरेका स्थानीय बद्री पैकराले बताउनुभयो । भारतबाट पनि  धेरै भक्तजन पूजा गर्न आउने गरेका छन् । घटस्थापनाका दिनदेखि नै यी शक्तिपीठमा देवीका उपसक र भक्तहरू भजन तथा देवीस्तुतिका साथ पूजार्चना गरिरहेका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button