तपाईँ सुन्दै हुनुहुन्छः

हेलम्बु-३ पाल्चोक मन्दिर परिसरमा प्रहरी विट स्थापना 

सिन्धुपाल्चोक । हेलम्बु-३ पाल्चोकमा प्रहरी विट उद्घाटन  गरिएको छ । प्रसिद्ध पाल्चोक भगवती मन्दिर परिसरमा बुधबार  विटको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले प्रहरी विटको उद्घाटन गर्नुभयो । इलाका प्रहरी  कार्यालय हेलम्बु मातहत विट स्थापना गरिएको हो ।

विट उद्घाटन गर्नुहुँदै प्रहरी उपरीक्षक खड्काले यस मन्दिर तथा यस भेगमा सुरक्षा थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो । वडा अध्यक्ष दिपक खड्काले विट स्थापना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै स्थानीय सरकार र स्थानीय सधैँ सहकार्य गर्न तयार रहेको बताउनुभयो । विटमा प्रहरी वरिष्ठ हवल्दारको नेतृत्वमा ४ प्रहरी हुने जनाइएको छ ।  प्रसिद्ध मन्दिरमा आउने भक्तजन तथा यहाँका  स्थानीयको शान्ति सुरक्षाका लागि विट स्थापना गरिएको स्थानीय  विद्यालय जयवागेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक  हरिचन्द्र श्रेष्ठले बताउनुभयो ।  स्कुल , वडा, मन्दिरमा चोरी हुने गरेकोमा  अब चोरी लगायत घटना कम  हुने स्थानीयले  विश्वास लिएका छन् ।कार्यक्रममा इलाका प्रहरी कार्यालय  हेलम्बुका प्रमुख प्रहरी निरीक्षक दिवस बस्नेत, पत्रकार बिष्णु खड्का  लगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button