तपाईँ सुन्दै हुनुहुन्छः

बारामा डुबानबाट कृषि बालीमा ४५ करोड २८ लाख बराबरको क्षति

बारा । बारामा डुबानबाट कृषि बालीमा ४५ करोड २८ लाख बराबरको क्षति भएको छ  ।

यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अबिर वर्षासँगै आएको बाढीले बारामा धान, तरकारी, उखु, कोदो, मकै र फलफूल गरी २ हजार ७ सय ४८ दशमलव ६७ हेक्टर क्षेत्रफल भू–भाग डुबानमा परेको कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायण साहले जानकारी दिनुभयो ।

ज्ञान केन्द्रले डुबानबाट कुन कुन बालीमा के कति क्षति भएको बारे कृषकहरूसँग लिएको तथ्याङ्कअनुसार धान कुल २ हजार ५ सय १९ हेक्टर  तरकारी १ सय ५६ प्वाइन्ट ११ हेक्टर, उखु ५६ प्वाइन्ट ५ हेक्टर, कोदा ३ प्याईन्ट ५ , मकै २ प्वाइन्ट ०६  र फलफूलमा केरा (२ प्वाइन्ट ५ हेक्टर समेत गरि कुल २ हजार ७ सय ४८ प्वाइन्ट ६७ हेक्टर बाली ४५ करोड २८ लाख १० हजार ७ सय ४५ क्षति भएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र बाराका प्रचार अधिकृत रामजीवन ठाकुरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button