तपाईँ सुन्दै हुनुहुन्छः

कोहलपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई घाइते

बाँके । कोहलपुरको बालविद्या चोक नजिकै भर्खरै भएको दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

काठमाडौँबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३७०९ नम्बरको बसले सोही दिशामा जाँदै गरेको भे १३ प ६१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार खजुरा गाउँपालिका वडा नम्बर १ का २२ वर्षीय तेजविक्रम मल्ल सामान्य घाइते भएका छन् भने सोही स्थानकी २१ वर्षीया मनिषा रोकाय गम्भीर अवस्थामा छन्, रोकायाको टाउकोमा गम्भिर चोट लागेको छ।

घाइते दुवैजनाको नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा उपचार भइरहेको छ। जिल्ला ट्राफिक कार्यालय बाँकेका सूचना अधिकारी प्रवीण आचार्यले बस चालकलाई नियन्त्रणमा लिएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button