तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागिताबारे राष्ट्रपतिलाई जानकारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज राष्ट्रपति भवन, शीतल निवासमा भेटवार्ता भएको छ ।

भेटमा हालै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीको सहभागिताबारे रिपोर्टिङ भएको छ ।

भेटका अवसरमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button