तपाईँ सुन्दै हुनुहुन्छः

बाँके प्रहरीद्वारा लिङ्गे पिङ निर्माण

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले बडा दशैको अवसरमा सर्वसाधरणका लागि लिगे पिङ निर्माण गरेको छ ।

बाँके प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले बडा दसैँको अवसरमा सर्वसाधारण र प्रहरी परिवारका लागि बडा दशैको अवसर पारेर जिल्ला प्रहरी कार्यालयको गेटबाहिर लिङ्गे पिङ निर्माण गरि सञ्चालनमा ल्याएको बताउनुभयो ।

झट्ट हेर्दा पिङ पनि मनोरञ्जनकै लागि खेलिने भए पनि हाम्रो परम्परा अनुसार वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताले पनि धेरैलाई पिङ खेल्नका लागि प्रेरित गर्ने भएकोले बडा दशैको अवसर पारेर पिङ्ग निर्माण गरिएको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।

दसैँमा पिङ खेल्ने, चङ्गा उडाउने चलन पहाडी क्षेत्रमा भए पनि तराईमा भने पिङको चलन हराउँदै गएकोले पिङ निर्माण गरी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

लोप हुँदै गएको लिगे पिङ्ग निर्माण गरेर नेपाल प्रहरीले नमुना काम गरेको भन्दै स्थानीय सुरेन्द्र सिंहले खुसी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button