तपाईँ सुन्दै हुनुहुन्छः

ऐरी विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको नयाँ बरीयतामा टी–२० अलराउन्डरतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले दोस्रो स्थान ओगटेका छन् । आइसिसीले आज जारी गरेको नयाँ बरियताअनुसार ऐरीले उक्त सफलता हासिल गरेका हुन् । यसअघि उनी उक्त विधामा छैटौँ स्थानमा थिए । 

नयाँ बरीयतामा अलराउन्डरतर्फ इङ्गल्यान्डका क्रिकेटर लियम लिविगंस्टोन पहिलो स्थानमा रहेका छन् । ऐरीको दुई सय ३० रेटिङ छ भने लिविगंस्टोनको दुई सय ५३ रहेको छ । 

यसैगरी एकदिवसीय अन्तर्राष्ट्रिय बरीयतामा ब्याटिङतर्फ ऐरी विश्व बरीयतामा ४३औँ स्थानमा रहेका छन् ।  यसअघि उनी ४५औँ स्थानमा रहेका थिए । अलराउन्डरतर्फ नेपालका गुलशन झा ५३औँ तथा कुशल भुर्तेल ६०औँ स्थानमा रहेका छन् । टी–ट्वान्टी टिम बरीयतामा  नेपाल १७औँ स्थानमा रहेको छ । 

त्यसैगरी एकदिवसीय अन्तर्राष्ट्रिय बरीयतामा नेपालका आसिफ शेख ८२औँ र कुशल भुर्तेल ८३औँ स्थानमा छन् । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल भने उक्त बरीयतामा ८७आँै स्थानमा छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button