तपाईँ सुन्दै हुनुहुन्छः

दाङ : तीन महिनाको अवधिमा विपद्बाट १३ जनाको मृत्यु

दाङ । दाङमा करिब तीन महिनाको अवधिमा विपद्बाट १३ जनाको मृत्यु भएको छ ।

बर्सातको समयमा बाढी, डुबान लगायतमा विभिन्न घटनामा परेर जेठ २८ गतेदेखि असोज १४ गतेसम्म जिल्लाका विभिन्न ठाउँमा १३ जनाको मृत्यु भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

जसमा सबैभन्दा धेरै आठ जना बर्सातको समयमा विभिन्न नदी तथा खोलामा आएको बाढीमा बगेर मृत्यु भएको जिल्ला आपतकालीन कार्य सञ्चलन केन्द्रका शम्भु आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार तीन जनाको चट्याङ लागेर र दुई जनाको सर्पदंशका कारण मृत्यु भएको छ । जिल्लामा प्राकृतिक विपद्बाट करिब दुई करोड ४९ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

बाढी, पहिरो र डुबानमा परेर तीन महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा एक सय ६६ घरमा क्षति पुगेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख आचार्यले बताउनुभयो । आपतकालीन कार्य सञ्चालन केन्द्रलाई प्राप्त जानकारी अनुसार यो क्षति भएको भन्दै आचार्यले क्षतिको विवरण अनुसार प्रत्येक घरपरिवारलाई १५ देखि ५० हजार र मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत वितरण गर्ने गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button