तपाईँ सुन्दै हुनुहुन्छः

कृषि समितिको बैठक: बाढीपहिरो पीडित किसानलाई दशै अगाडि नै राहत उपलब्ध गराउने तयारी 

काठमाडौँ । सरकारले बाढी पहिरो तथा डुबानबाट प्रभावित किसानहरूलाई तत्काल राहत उपलब्ध गराउने तयारी गरिरहेको जनाएको  छ । 

प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बाढी पहिरो पीडित  कृषकलाई दातृ निकायको समेत सहयोगमा तत्का राहत सहयोग प्रदान गरिने जानकारी दिनुभयो । 

खेतबारीमा लगाएको बाली भित्र्याएर दशै मनाउने तयारी गरिरहेका किसानहरू बाढी पहिरोको पीडाले रोइरहनुपरेको भन्दै मन्त्री अधिकारीले तत्काल राहत उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।  

पछिल्लो बाढी पहिरोका कारण करिब ६ अर्बको अन्नबालीमा नोक्सानी पुगेको र २६ हजार दुई सय पाँच पशुपन्छीको मृत्यु भएको मन्त्री अधिकारीले बैठकलाई अवगत गराउनुभयो । 

बैठकमा सांसदहरुले बाढी पहिरोबाट पीडित किसान पहिचान गरि तत्काल राहत दिनुपर्ने, खाद्यान्न अभाव हुन नदिन सरकारले तयारी गर्नुपर्ने र पीडित किसानको तथ्याङ्क सङ्कलन गर्नुपर्नेमा जोड दिनुभयो । 

समितिको बैठकले बाढी पहिरो र डुबानबाट पीडित किसानलाई दशै अगाडि नै उचित राहत उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button