तपाईँ सुन्दै हुनुहुन्छः

प्रस्तावित प्रधान न्यायाधीश राउतको संसदीय सुनुवाई बुधबार हुने

'सर्वोच्चका लागि सिफारिस दुई न्यायाधीशको उजुरी आह्वान'

काठमाडौँ । संसदीय सुनुवाई समितिले अगामी बुधबार सर्वोच्च अदालतको लागि प्रस्तावित प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाई गर्ने भएको छ ।

समितिको आज बसेको बैठकले भोली मङ्गलवार प्रधान न्यायाधीशमा सिफारिस राउत र बेल्जियमका लागि राजदूतमा सिफारिस सेवा लम्साल र अस्ट्रेलियाका लागि राजदूत सिफारिस चित्र लेखा यादवविरुद्धको उजुरी कर्ताहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।

प्रस्तावित प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध समितिमा ६ वटा उजुरी परेको छ भने बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत यादव विरुद्धको २ वटा उजुरी परेको छ ।

असोज ३ गते बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीश राउतसँगै बेल्जियम र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत विरुद्ध उजुरी माग गरेको थियो ।

समितिले आज उजुरी खोलेर समितिका सदस्यहरूलाई अध्ययनका लागि वितरण गरेको छ । योसँगै प्रस्तावित प्रधान न्यायाधीश राउत र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्र लेखा यादवको कार्ययोजना समेत अध्ययनका लागि समिति सदस्यहरूलाई वितरण गरिएको छ । 

बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको कार्ययोजना भने प्राप्त हुन बाँकी रहेको समितिले जनाएको छ ।

गएको भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राउतलाई नियुक्त गर्न सिफारिस गरेको थियो । 

त्यस्तै, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा सिफारिस न्यायाधीशहरू नृप ध्वज निरौला र नित्यानन्द पाण्डेका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ । 

न्यायपरिषद्ले निरौला र पाण्डेलाई गत शुक्रबार सर्वोच्च अदालतको न्यायाधीश सिफारिस गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button