तपाईँ सुन्दै हुनुहुन्छः

कोशी ब्यारेज : पुल माथिबाट बग्न थाल्यो पानी, सवारी आवागमनमा रोक

सप्तरी । सप्तकोसी नदीको कोशी ब्यारेजमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेजको पुल माथिबाट पानी बग्न थालेको छ ।

ब्यारेजको ३८, ३९ र ४० नम्बर ढोका नजिक पुलमाथिबाट पानी बग्न थालेको हो । पछिल्लो मापनअनुसार कोसी ब्यारेज भएर ५ लाख ४१ हजार क्युसेक पानीको बहाव भइरहेको छ । ब्यारेजको ५६ वटै ढोका खोलिएको छ ।

ब्यारेज पुलमा सवारी साधन आवागमनमा रोक लगाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button