तपाईँ सुन्दै हुनुहुन्छः

गण्डक ब्यारेजका सबै ढोका खोलिए 

नवलपरासी,पश्चिम् । पानीको बहाब बढेपछि पुर्वी नवलपरासीको त्रिवेणी स्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् ।

बिहान ९ बजे को मापन अनुसार ३ लाख ६२ हजार २ सय क्युसेक बहाव रहेको छ ।अहिले ब्यारेजका ३६ वटा ढोका खोलिएको सशस्त्र प्रहरी निरीक्षक गणेश थापाले जानकारी दिनुभयो ।

पुरानो बाँध भएका कारण संरचनाहरू जीर्ण हुँदा अहिले ब्यारेजले ४ लाख क्युसेकभन्दा बढी पानी धान्न नसक्ने अवस्था छ।

नारायणी नदीमाथि निर्माण गरिएको ब्यारेजले पूर्वी नवलपरासीको त्रिवेणी र भारतको बिहार प्रदेशस्थित भैंसालोटन जोडेको छ। 

पश्चिम् नवलपरासीमा खोलानालामा पानीको सतह बढेपनी हालसम्म कुनै क्षति नभएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले रेडियो नेपाललाई जानकारी दिनुभयो ।सबै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button