तपाईँ सुन्दै हुनुहुन्छः

रिमोट कन्ट्रोल (मोबाइल) बाट पानी सञ्चालनको अनुमित सुरु

गोरखा । आरुघाट गाउँपालिका–१० को सिंखोला डाँडागाउँ लिफ्टिङ खानेपानी आयोजनाको पानी सञ्चालनका लागि अब मुहान सम्म पुग्नुपर्दैन । रिमोट कन्ट्रोल(मोबाइल)बाटै पानी सञ्चालन र बन्द गर्न मिल्ने भएको छ ।

मोबाइलबाट नै पानीको मोटर चलाउन र बन्द गर्ने मिल्ने प्रविधि प्रयोगमा ल्याइएको हो । १ सय ५० घरधुरीले उपभोग गर्दै आएको सिंखोला डाडागाउँ लिफ्टिङ खानेपानी रिमोट कन्ट्रोल गरी सञ्चालन गर्न मिल्ने र बन्द गर्ने मिल्ने प्रविधिको प्रयोग गरिएको वडा अध्यक्ष सञ्जित श्रेष्ठले बताउनुभयो ।

रिमोट कन्ट्रोल प्रविधिको प्रयोग गरेसँगै हेरालुलाई मुहान सम्म पुग्नुपर्ने बाध्यता हटेको छ । ‘तल ट्याङ्कीमा एउटा सिम हुन्छ उक्त नम्बरमा कल गरेपछि अप्सन आउँछ । अप्सन पानी चलाउन र बन्द गर्ने मिल्ने राखिएको छ’ श्रेष्ठले भन्नुभयो– ‘घरमै बसेर पानी खोल्न र बन्द गर्न मिल्छ ।’

जिल्लाका केही लिफ्टिङ खानेपानीमा यो प्रविधिको यस अघि पनि प्रयोग भएको छ । खानेपानी समयमै सञ्चालन गर्न र बन्द गर्न यो प्रविधि सहज बन्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button