तपाईँ सुन्दै हुनुहुन्छः

विकासका लागि सबै एक ढिक्का हुनुपर्छ : पूर्व मन्त्री बस्नेत

सिन्धुपाल्चोक । पूर्व मन्त्री तथा सिन्धुपाल्चोक–२ का सांसद मोहनबहादुर बस्नेतले विकास निर्माणको काममा सबै एक हुनुपर्ने बताउनुभएको छ ।

मेलम्ची नगरपालिका–३ हैबुङस्थित स्वास्थ्य चौकी भवन उद्घाटन तथा निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्नुहुँदै बस्नेतले विकास निर्माणका काम, स्वास्थ्य, शिक्षा लगायतका कार्यमा सबै दल, नागरिक समाज एक हुनुपर्नेमा जोड दिनुभयो ।

पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री समेत रहनुभएका बस्नेतले आफ्नो कार्यकालमा विपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने व्यवस्था गरेको उल्लेख गर्दै शिक्षा र स्वास्थ्यलाई बढी जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका सदस्य कृष्ण कुमार तामाङ (समीर)ले मेलम्ची नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउन १ करोड ५० लाख बजेट प्रदेश बाट विनियोजन गरिएको बताउनुभयो । उहाँले विकासका काममा राजनीतिक रुपमा विभाजन नहुन समेत आग्रह गर्नुभयो ।

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आफ्नो कार्यकालमा सो अस्पताललाई नगर अस्पताल बनाउने प्रतिबद्धता जनाउनुभयो ।

इफ्फाता जेभीले निर्माणको जिम्मा पाएको अस्पताल भवन १९ महिनामा निर्माण कार्य सम्पन्न गरिएको निर्माण व्यवसायी कुमार गुभाजुले जानकारी दिनुभयो । ८ करोड ५६ लाखमा थकनी र हैबुङमा गरी २ वटा भवन निर्माण सम्पन्न भएको गुभाजुले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button