तपाईँ सुन्दै हुनुहुन्छः

बारामा यात्रुवाहक बस दुर्घटना: १७ जना घाइते ,३ जनाको अवस्था गम्भीर 

बारा । वीरगञ्ज-पथलैया सडकखण्डमा यात्रुवाहक बस दुर्घटना भएको छ । बस दुर्घटनामा ३ जना गम्भीर सहित १७ जना घाइते भएका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-२३  भलुहीमा ना. ७ ख ६०७६ नम्बरको बस दुर्घटना भएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । उहाँकाअनुसार वीरगञ्जदेखि नारायणगढ हुँदै भैरहवाका लागि चल्ने बस दुर्घटनामा परेको हो । बस चालक चितवन स्थित राप्ती नगरपालिका वडा न-६ का सागर न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारत बेन्च कम्पनीदेखि ५० मिटर दक्षिणतिर र ज्योति फर्मको अगाडि बस दुर्घटना भएको हो ।  बसमा सवार २२ जना मध्ये दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरिक्षक निरीक्षक न्यौपानेले जानकारी दिनुभयो । 

गम्भीर घाइते मध्ये एक जना आफ्नो परिचयसमेत बताउन नसक्ने अवस्थामा रहेका छन् । उहाँको अनुहारमा चोट लागेको छ । घाइतेहरूको वीरगञ्ज स्थित वयोद्या मेडिसिटी हस्पिटलमा उपचार भइरहेको प्रहरी नायब उपरिक्षक निरीक्षक न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button