तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेनको ऊर्जा पूर्वाधारमा रुसी आक्रमण

युक्रेन । रुसले शनिबार देशको पश्चिम र दक्षिणका  ऊर्जा पूर्वाधारमा रातारात “ठूलो“ आक्रमण गरेको  युक्रेनले बताएको छ ।

जापोरिझिया र लिभिभ क्षेत्रका (अपरेटर) युक्रेनेर्गो सुविधाहरूमा उपकरणहरू क्षतिग्रस्त  हुनुका साथै  दुई कर्मचारीहरू घाइते भई जापोरिजियामा अस्पतालमा भर्ना गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।  

यसले विगत तीन महिनामा “ऊर्जा पूर्वाधार सुविधाहरूमा आठौँ ठुलो, संयुक्त आक्रमण“ भएको बताएको छ । रूसी आक्रमणको दुई वर्ष भन्दा बढी, लक्षित मिसाइल र ड्रोन आक्रमणहरूले युक्रेनको बिजुली उत्पादन क्षमतालाई कमजोर बनाई  किभलाई युरोपियन युनियनबाट ऊर्जा आयात गरी आपूर्ति गर्न बाध्य पारेको छ । युक्रेनी अधिकारीहरूले बिहीबार राति भएको ठूलो आक्रमणमा पावर स्टेसनसहित ऊर्जा पूर्वाधार क्षतिग्रस्त हुनुका साथै सात जना कर्मचारी घाइते भएको बताएका छन् ।

युक्रेनको सबैभन्दा ठुलो निजी ऊर्जा कम्पनी डिटिइकेले आक्रमणले यसको एउटा कारखानामा “गम्भीर क्षति“ भएको बताएको छ । रुसी आक्रमणले युक्रेनको आधा ऊर्जा क्षमता नष्ट गरेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनु भएको छ । जेलेन्स्कीले यस हप्ता युक्रेनका सबै अस्पताल र विद्यालयहरूमा “सकेसम्म चाँडो“ सौर्य प्यानलहरू जडान गर्नुपर्ने बताउनु भयो ।  

गर्मीको समयमा  बिजुलीमा प्रभाव पार्ने रुसी प्रयासहरू असफल गर्न  आवश्यक प्रयास गरिरहेको  उहाँले बताउनु भयो । डिटेकका प्रमुख कार्यकारी म्याक्सिम टिमचेन्कोले युक्रेनका पश्चिमी सहयोगीले ऊर्जा सञ्जालको रक्षा गर्न सैन्य सहायता प्रदान नगरे “यो जाडोमा गम्भीर सङ्कटको सामना गर्नुपर्ने चेतावनी दिनु भयो । जेलेन्स्कीले युक्रेनका सहयोगीलाई देशको महत्त्वपूर्ण पूर्वाधारको रक्षा गर्न थप हवाई रक्षा प्रणाली पठाउन बारम्बार आग्रह गर्नु भएको छ । 

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले वासिङ्टनले किभमा एन्टी–एयर मिसाइलको डेलिभरीलाई प्राथमिकता दिने तथा अन्य देशहरूले अर्डर दिएको जानकारी दिनु भयो । जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा जारी सन्देशमा  अमेरिकाको कदमका लागि आभार व्यक्त गर्नु भएको छ ।  

यसका अतिरिक्त उहाँले हवाई रक्षा क्षमताले युक्रेनी सहरहरू र नागरिकको सुरक्षा गर्ने उल्लेख गर्नु भएको छ । रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button