तपाईँ सुन्दै हुनुहुन्छः

रक्तस्रावका कारण सुत्केरीको मृत्यु

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१ भमकेकी एक सुत्केरी महिलाको मृत्यु भएको छ ।

अत्यधिक रक्तस्रावका कारण २७ वर्षीया शर्मिला विकको मृत्यु भएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो । महिलाले शनिबार साँझ ६ः४८ बजेतिर पवननगर स्वास्थ्य चौकीमा सामान्य तरिकाले छोरा जन्माउनुभएको थियो ।

अत्यधिक रक्तस्रावका कारण विकको मृत्यु भएको प्रादेशिक अस्पताल तुलसीपुरका स्त्रीरोग विशेषज्ञ डा. विनोद सिंहले बताउनुभयो । उपचारका लागि लैजाँदै गर्दा महिलाको राति ९ बजेतिर बाटोमै मृत्यु भएको हो ।

नवजात शिशुको अवस्था भने सामान्य छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button