तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा एचआईभीबाट सङ्क्रमित हुनेकाे सङ्ख्या बढ्यो

बागलुङ । बागलुङ जिल्लामा एचआईभि सङ्क्रमितको संख्या दिनानुदिन बढ्दै गएको पाएको छ । केही समय अगाडीको तथ्याङ्क भन्दा पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका फोकल प्रशन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । हाल जिल्लामा विभिन्न उमेर समूहका गरी १ सय ८५ जना संक्रमितहरु  रहेको र  औषधी सेवन गरिरहेको घिमिरेले बताउनुभयो   ।

संक्रमित हुनेहरूको सङ्ख्या बागलुङ नगरपालिकामा ९०  जना रहेका छन् । जसमध्ये पुरुष ४२ महिला ४८ रहेका छन् ।  गलकोट नगरपालिमा १० पुरुष ९ महिला संक्रमित छन् । ढोरपाटन नगरपालिकामा ३ पुरुष ३ महिला संक्रमित छन् ।  बडिगाडमा ५ पुरुष र ५ महिला सङ्क्रमित छन् भने जैमिनी नगरपालिकामा ९ पुरुष ९ महिला संक्रमित छन् । यसैगरी  काठेखोला गाउँपालिकामा ११ पुरुष र १३ महिला, ताराखोला गाउँपालिकामा २ पुरुष ४ महिला, निसिखोला गाउँपालिकामा ४ पुरुष ४ महिला एचआइभीबाट संक्रमित छन् । त्यस्तै बरेङ गाउँपालिकामा १ पुरुष   र  तमानखोला गाउँपालिकामा १ पुरुष र  २ महिला एचआइभी एड्सबाट संक्रमित रहेको उहाँले जानकारी दिनुभयो  ।

जिल्लामा एच आई भि सङ्क्रमितलाई विभिन्न संघ संस्थाहरूले सहयोग र सहजीकरण गर्ने गरेपनि प्रभावकारी हुन नसकेको धौलागिरि अञ्चल अस्पताल बागलुङका  परामर्श दाता प्रदिप आर्चायले बताउनु भयो । सङ्क्रमितको सख्या बढ्नु वैदेशिक रोजगारमा आवत—जावत र असुरक्षित योनसम्पर्कका कारण सङ्क्रमितहरूको सङ्ख्या बढेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button