तपाईँ सुन्दै हुनुहुन्छः

तीज कार्यक्रममा झगडा हुँदा एक जनाको हत्या 

पाल्पा । पाल्पामा तीज कार्यक्रममा झगडा हुँदा एक जनाको हत्या भएको छ । तिनाउ गाउँपालिका–२ घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

स्थानीय एक घरमा भेला भएर तीज गीतमा नाच्ने क्रममा सामान्य झगडा हुँदा गएराति साढे १२ बजे ती युवक माथि धारिलो हतियार चक्कु प्रहार भएको थियो ।

गम्भीर घाइते खत्रीलाई उपचारका लागि रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लैजाँदा राति पौने दुई बजे चिकित्सकले मृत घोषणा गरेका थिए । 

हत्याको आरोपमा ४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मासहितको टोलीले घटनास्थलमा पुगेर थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button