तपाईँ सुन्दै हुनुहुन्छः

एक सय १७ वन्यजन्तुको उद्धार

चितवन। चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका क्षेत्रबाट ११७ वन्यजन्तुको उद्धार गरिएको छ । चालु आर्थिक वर्षको जेठ मसान्त सम्म निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट ती वन्यजन्तुको उद्धार गरिएको हो ।

उद्धार गरिएकोमा सबैभन्दा धेरै अजिङ्गर रहेका छन् । अजिङ्गर ७४ वटाको उद्धार गर िनिकुञ्जमा छाडिएको छ । कार्यालयका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ११ चित्तल, ११ सर्प, पाँच गैँडा र पाँच घडियाल गोहीको उद्धार गरिएको छ ।

यस्तै चार बाघ, दुई कछुवा तथा एक/एक गोहोरो, सालक, मगर गोही, जरायो र सुन गोहरोको उद्धार गरिएको तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि र यस वर्ष उद्धार गरेर हुर्काइएका पाँच गैँडामध्ये दुईवटालाई निकुञ्जमा छोडी सकिएको छ भने तीन वटालाई सौराहामा राखेर हेरचाहा र उपचार गरिँदै आइएको छ ।

अन्य वन्यजन्तु भने उपचार पछि निकुञ्जमा छाडिएको उहाँले बताउनुभयो । उद्धार गरिएकामा माउले छाडेका, घाइते अवस्थामा रहेका र समुदायमा गएर क्षति पु¥याउन लागेका वन्यजन्तु रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button