तपाईँ सुन्दै हुनुहुन्छः

इलामा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

इलाम । इलाम नगरपालिका–५ स्थित नवनिर्मित कवर्डहलमा कोसी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता आज सुरु भएको छ । 

ब्याडमिन्टनतर्फको यो नै जिल्लामा आयोजना गरिएको ठूलो प्रतियोगिता हो ।

बरवोटे ब्याडमिन्टन क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको इलाम नगरपालिकाका मेयर केदार थापाले आज एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । 

प्रतियोगिता फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको खुल्ला, भेट्रान र जिल्लास्तरीय डवल गरि ३ विधामा भइरहेको छ । 

प्रतियोगिताको खुलातर्फ विजेताले ३० हजार दोस्रोले २० हजार र तेस्रो हुनेले १५ हजार प्राप्त गर्ने छन् । 

त्यस्तै भेट्रान र जिल्ला स्तरीयतर्फ विजेता, दोस्रो र तेस्रो हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार प्राप्त गर्नेछन् । खेलमा रेफ्रिको भूमिका केदार धिमालले  गर्नुभएको  छ र अम्पायरमा भानुभक्त सिटौला,भनानि विक्रम लिम्बु,मनकुमार राई,र युकेन बान्तवा रहनुभएको छ ।

जिल्लामा ब्याडमिन्टन खेलतर्फ आर्कषण थपिँदै गएकाले राष्ट्रियस्तरका खेलाडीसमेत सम्मिलित भएकाले प्रतिस्पर्धा रोचक देखिएको छ । नयाँ प्रतिभालाई प्रोत्साहन गर्दै यस क्षेत्रको पर्यटकीय विकासका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष गृष्म सुब्बाले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button