सुनसरीमा बिद्युत्को बक्यौता नतिरेको भन्दै दुई वटा केबल नेटको लाइन काटियो
सुनसरी । सुनसरीको दुहबीमा दुई वटा केबल नेटको बिद्युत् लाइन काटिएको छ ।
नेपाल बिद्युत् प्राधिकरण दुहबी वितरण केन्द्रको बिद्युत् पोल भाडा आर्थिक वर्ष २०७५/०७६ देखि २०७८/०७९ बक्यौता नतिरेको भन्दै दुई वटा केबल नेटको लाइन काटिएको हो ।
लाइन काटिएसँगै भायोनेट कम्युनिकेसन र सुविसु नेटले रकम तिर्ने प्रतिबद्धता जनाएको छ ।
लाइन काटिएकाले भायानेट कम्युनिकेसनले ९६ हजार ७२८ रुपियाँ र सुविसु नेटले तीन लाख २३ हजार १८० रुपियाँ बक्यौता रकम तिर्ने प्रतिबद्धता जनाएको नेपाल बिद्धुत प्राधिकरण दुहबी वितरण केन्द्रले जनाएको छ ।
लाइन नकाटी बेवास्ता गर्दै आएको भायानेट कम्युनिकेसन र सुविसु नेटलाई लाइन काटेसँगै समर्पक आएको र दुई दिनभित्र बक्यौता रकम तिर्ने सम्झौता गरेको र प्रतिबद्धता जनाएको नेपाल बिद्युत् प्राधिकरण दुहबी वितरण केन्द्रका प्रमुख रामउदगार साहले जानकारी दिनुभयो ।
त्यस्तै, क्लासिक टेकलाई समेत वार्निग दिएको बक्यौता नतिरे उसको बिद्युत् लाइन काटिने बिद्युत् प्राधिकरण दुहबी वितरण केन्द्रले जानकारी दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्