गुफाभित्र गाउँपालिकाको बैठक सम्पन्न
दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले दक्षिण एशियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिकाको बैठक सम्पन्न गरेको छ ।
बन्दीपुर गाउँपालिका–५ विमलनगरस्थित सिद्धगुफाको प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्ने उद्देश्यसहित गाउँपालिकाको ४१ औँ कार्यपालिकाको बैठक गुफाभित्र सम्पन्न गरेको हो ।
पर्यटकीय तथा धार्मिकस्थलको प्रचारप्रसारका लागि गाउँपालिकाले प्रत्येक वडामा पुगेर कार्यपालिकाको बैठक गर्ने नीतिबमोजिम सिद्धगुफाभित्र बैठक सम्पन्न गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।
पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट दुई किलोमिटर पूर्वमा अवस्थित सिद्ध गुफा अन्दाजी तीन हजार ५०० वर्ष पुरानो मानिएको छ ।
प्रतिक्रिया राख्नुहोस्