तपाईँ सुन्दै हुनुहुन्छः

१० दिनमा झापामा ४७ वटा सवारी दुर्घटना, ५ जनाको मृत्यु 

झापा। झापामा कार्तिक महिनामा मात्रै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । कार्तिक १० गते सम्म झापामा ४७ वटा दुर्घटना भएका थिए । 

ती दुर्घटनामा ४ पुरुष र एक बालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । झापामा यो अवधिमा २ वटा ट्रक, ३ वटा बस, ६ वटा कार जिप, २ वटा ट्याक्टर, ९ वटा टेम्पो, २१ वटा मोटरसाइकल र ४ वटा अन्य सवारीका साधन दुर्घटना भएका थिए । 

बढ्दो सवारी दुर्घटना पछि जिल्ला यातायात व्यवस्थापन समितिले झापामा टाइम कार्ड लगाउने तयारी गरेको छ । कार्तिक महिनाको दश गते सम्म दुर्घटनाबाट ६ जना गम्भीर घाइते र ४९ जना सामान्य घाइते भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button