तपाईँ सुन्दै हुनुहुन्छः

सीमावर्ती क्षेत्रका जनप्रतिनिधिसँग सशस्त्र प्रहरीको अन्तरक्रिया कार्यक्रम

सशस्त्र प्रहरीसँग सहकार्य गर्ने वडा अध्यक्षहरूको प्रतिबद्धता 

बाँके । सशस्त्र प्रहरीले बाँके र बर्दियाका सीमासँग जोडिएका स्थानीय निकायका वडा अध्यक्षहरूसँग शुक्रबार छलफल गरेको छ ।

अध्यक्षहरूसँग सीमा इलाकाहरूमा हुन सक्ने लागुऔषध ओसारपसार, चोरी पैठारी , मानव बेचबिखन, सीमामा हुने अपराधी गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरीले सहकार्यको अपेक्षा राखेको जनाएको छ । छलफलमा साम्प्रदायिक तथा धार्मिक सद्भाव अभिवृद्धि, अवैध हातहतियार ओसारपसार नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपालसँग सीमावासीले राखेको अपेक्षाका विषयमा वडा अध्यक्षहरूले धारणा  राख्नुभएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल न-५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलवस्तुको आयोजनामा ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अवधारणा अनुरुप छलफल कार्यक्रम गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सीमा निगरानी तथा सहजिकरण लगायत सशस्त्र प्रहरी नेपाल र स्थानीय तहहरू बीच हुने समन्वय र सहकार्य जस्ता विषयहरूमा छलफलमा सहभागीहरूले धारणा राख्नुभएको थियो ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हेड क्वाटर बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगी, नं ३१ गण हेड क्वाटर बर्दियाका गणपति सशस्त्र प्रहरी उपरीक्षक चित्राङ्गत दाहाल, बाँके र बर्दिया जिल्लाका सीमावर्ती वडाका सम्पुर्ण वडा अध्यक्षहरू, लगायत बाँके र बर्दिया जिल्ला स्थित रहेका सम्पुर्ण प्रस्तावित सीमा सुरक्षा गुल्म, बिओपि, प्रमुखहरूको उपस्थिति रहेको छलफलमा सहभागी नरैनापुर-१ का वडा अध्यक्ष इसाक जोलहले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button