तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश सरकारमा ३ मन्त्री थप

रुपन्देही । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले तीन महिनापछि तीन मन्त्री थप गर्नुभएको छ ।

तर सरकारमा सहभागी बनाउने साना दलमध्ये लोसपा र नागरिक उन्मुक्ति कसलाई समेट्ने भन्ने विषयमा सत्तारूढ नेपाली काँग्रेसले निर्णय दिन नसक्दा एक मन्त्री चयन अन्तिम समयमा रोकिएको छ ।

साउन ७ गते मुख्यमन्त्री बन्नुभएका आचार्यले बुधबार नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जसपाबाट बाँकेका आदेश अग्रवाललाई मन्त्री बनाउनुभएको मन्त्री सरोज थापाले बताउनुभयो ।

तिमिल्सिनाले सामाजिक, कलवारले बन र अग्रवालले आन्तरिक मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो । बिहीबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथको लागि तयारी गरिएपनि समय तय नभएको मन्त्री थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button