तपाईँ सुन्दै हुनुहुन्छः

युवालाई सिप सिकाउँदै उद्यमशीलतामा जोडौँ : मुख्यमन्त्री आचार्य

बाँके । बर्दियाको बाँसगढीमा प्रथम युवा सम्मेलन सुरु भएको छ। बाँसगढी नगरपालिकाको आयोजनामा सम्पन्न यस युवा सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नुभएको हो। ‘म बनाउँछु मेरो पालिका, नागरिकको श्रम र पसिना: राष्ट्र निर्माणको गहना’ भन्ने मुख्य नारा सहित सुरु भएको यो सम्मेलनले स्थानीय रोजगार रणनीति निर्माण गर्ने लक्ष्य राखेको छ।

उद्घाटन समारोहमा मुख्यमन्त्री आचार्यले युवाहरूलाई उद्यमशीलतातर्फ प्रोत्साहित गर्दै प्रदेश सरकारले तीन तहका सरकारसँग समन्वय गरेर युवालाई उद्यमशीलतामा जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘युवाहरूको रुचि र चाहना अनुसारको उद्यम र व्यवसाय सञ्चालन गर्न सरकार वातावरण तयार गर्दैछ। स्वदेशमै उद्यमशीलताको अवसर सृजना गर्न सरकार तयार छ।

मुख्यमन्त्रीले युवाहरूलाई स्वरोजगार र उद्योग व्यवसायमा संलग्न हुन आग्रह गर्दै युवाहरूको भविष्य उद्योगपति बन्न सक्ने भन्दै तीन तहका सरकारको सहकार्य जरुरी रहेको बताउनुभयो। सम्मेलनमा बाँसगढी नगरपालिकाभित्रका पाँच सय युवाहरूको सहभागिता रहेको छ, जहाँ विभिन्न विषयमा छलफल र योजना निर्माण गर्दै सम्मेलन सम्पन्न हुनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button